सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन

ललितपुर, वैशाख २ । शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ ।
शनिबार बिहान ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको हो । मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएकी राधादेवीलाई बिहीबार किष्ट अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज बिहान ५ः५६ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८० १०:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय