रवि लामिछानेका गाडी चालक घरको तीन तलाबाट खसेको अवस्थामा भेटिए, अवस्था गम्भीर

चितवन, वैशाख ४ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक घरको तीन तलाबाट खसेर गम्भीर घाइते भएका छन् । चितवन भरतपुर ११ मा रहेको घरको तीनतलाबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने चालक दिलबहादुर थापा आज बिहान ३ः३० बजे घरको छतबाट खसेर गम्भीर अवस्थामा फेला परेका हुन् ।
टाउको र खुट्टामा गम्भीर चोट लागेका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० ०९:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय