दाङमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई गोली हानी गरे आत्महत्या

दाङ, वैशाख ४ । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।
आइतबार राति ड्युटीमा खटिएकै अवस्थामा आफैँसँग रहेको एसएलआरले आफैँलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले बताए ।
पारिवारिक विवादका कारण केसीले आफैलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय