Kath Khabar
लामिछानेका चालक थापाको भेन्टिलेटरमा राखेर उपचार हुँदै, महामन्त्री ढकालका ड्राइभरसँग सोधपुछ

 

              चितवन, वैशाख ४ । भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको रवि लामिछानेको भाडाको घरको तेस्रो तलाबाट खसेर गम्भीर घाइते भएका लामिछानेका चालक दिलबहादुर थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय थापालाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा टाउकोको अपरेसन गरेर भेन्टिलेटरमा राखेर उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

घरको तेस्रो तल्लाबाट खसेको सीसीटीभी फुटेज बाहिरिएको छ । फुटेजमा हेर्दा उनी उँधोमुन्टो भएर खसेको देखिन्छ । घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी दिलबहादुर थापासँगै सुतेका थिए । यसअघि राजवंशीले भने थापा कसरी खसे, कतिबेला खसे भन्नेबारे आफूले केही थाहा नपाएको बताएका थिए।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update