
काठमाडौं, जेठ २९ । एभरेष्ट बैंकले नगरिक केयर सेन्टरलाई पाँच लाख रकम सहयोग गरेको छ । बैंकका अनुसार नागरिक केयर सेन्टर, विराटनगरलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम सहयोग गरिएको हो ।
कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको जानकारी बैंकका क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठले दिनुभएको छ । श्रेष्ठका अनुसार नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत चेक हस्तान्तरण गरिएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष एवं कोषाध्यक्ष महेश कुमार जाजू, सदस्य नविन रिजालज्यू, मोरंग व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी तथा एभरेष्ट बैंक लि., प्रदेश नं. १ का क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठ, विराटनगर शाखा प्रबन्धक साजन के.सी. र क्षेत्रीय कार्यालयका रमेश भण्डारीको उपस्थिति रहेको थियो ।