Kath Khabar
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ, न्यायाधीश दीपक ढकालको इजलासमा पेसी


               काठमाडौं, वैशाख ११ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । पटकपटक सुनुवाइ भएर पनि किनारा लाग्न नसकेको मुद्दामा आज  पुनः सुनुवाइ राखिएको छ ।

लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसलाका लागि न्यायाधीश दीपक ढकालको इजलासमा पेसी परेको छ। मुद्दा न्यायाधीश ढकालको इजलासमा चौथो नम्बरमा पेसी परेको हो।

अन्तिम सुनुवाइमा दुवै पक्षको बहस सकिए लगत्तै फैसला आउनेछ ।  चिकित्सकसहित दुई जना सरकारी साक्षीको वकपत्र सम्पन्न गरेसँगै अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो । सर्वोच्च अदालतले सन्दीपविरूद्धको मुद्दा फास्ट ट्र्याकबाट किनारा लगाउन दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो।

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकेको छैन । अघिल्लो सुनुवाइमा चिकित्सकको रिपोर्ट तलमाथि परेको र बयान फरक परेको भनेपछि पुनः कागजात गराइएको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update