Kath Khabar
लकडाउनलाई क्रमशः खुकुलो बनाउदै लैजान नाडाले गर्यो आग्रह

काठमाडौं, जेठ २९ । लकडाउनलाई क्रमशः खुकुलो बनाउदै लैजान नेपाल नाडा अटोमोवाईल एशोसिएसन अफ नेपालले सरकारलाई आग्रह गरेको छ । सरकारबाट कोभिड-१९ को दोश्रो लहरको संक्रमण रोकथामको सन्दर्भमा हाल जारी निषेधाज्ञाबारे नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आम नागरिक एवं समस्ता उद्योग व्यवसायीहरुको समेत चाहाना अनुरुप लकडाउनलाई खुकुुलो बनाउन आग्रह गर्नुभएको हो ।

उहाँले विज्ञप्ती मार्फत भन्नुभएको छ, सरकारले यथासक्य जनतालाई छिटो भन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरुको कडाइकासाथ पालना गराउदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्छ भन्ने हाम्रो धारणा छ ।

थपिदो लकडाउन अवधिकाकारण अब जनता स्वयं नै आफनो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सभांवना प्रवल हुदै गएको र यस्तो संभावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको बर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जाँदा समस्या अरु भयावह हुने निश्चित नै छ ।

यस्तो विकट स्थिति आउनु अघि नै सरकारले हाल घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्ट्रिगत गर्दे लकडाउनलाई क्रमशः खुकुलो बनाउदै लैजान लागि हामी सरकारसंग हार्दिक अपिल गर्दछौ, विज्ञप्तीमा भनिएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update