ललितपुरमा आगलागीबाट धनमाल जलेर नष्ट

ललितपुर, जेठ २९। ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ४५ वर्षीया सुनिता खड्गीको सोही ठाउँस्थित त्रिपुरा संगम फ्रेस मिट सपमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा सँगै रहेको श्याम सुन्दर ठाकुरको फर्निचरमा समेत फैलिएर दुबै जनाको गरी ४ लाख ३१ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका–४ स्थित १ नम्बर प्रदेश नेपाल आयल निगममा पार्किङ गरी राखेको प्रदेश १–०२–०० १ख८३२६ नम्बरको ट्रयाक्टरमा ब्याट्री सर्ट भई शनिबार बिहान आगलागी हुँदा ट्रयाक्टरको अगाडिको भाग जलेर पूर्ण रुपमा क्षति भएको छ ।
स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८ १४:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय