Kath Khabar
चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा फ्लाई दुबईका दुई अधिकारी कारबाहीमा

 

                काठमाडौं, वैशाख १२। फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई अधिकारी कारबाहीमा परेका छन् ।

सोमबार राति काठमाडौंबाट दुबईका लागि उडेको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै भ्रमपूर्ण विवरण दिएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको हो ।

एउटा इन्जिनमा समस्या आएपनि उक्त जहाज दुबई पुग्न सकिने भएपछि गन्तव्यका लागि उडेको थियो । तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको हुनसक्ने उल्लेख थियो । प्राधिकरणले चरा ठोक्किएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गरेको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update