
काठमाडौं, वैशाख १४ । आज पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।