ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु, बुवाआमा गम्भीर घाइते

ताप्लेजुङ, वैशाख १४ । ताप्लेजुङमा गएराति चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार मैयाखोला गाउँपालिका–४ साँघुका ११ वर्षीय दोर्ची शेर्पा चित्रेको चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङ लागेर दोर्चीका बुवा दरिन्ची र आमा मिङ्ला ल्हामु गम्भीर घाइते भएका छन् । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको मैयाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश भनेमले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय