विराटनगरमा ६५ वर्षीय वृद्धले पेट्रोल छर्किएर आफैंलाई आगो लगाए

विराटनगर, वैशाख १४ । विराटनगरमा ६५ वर्षका वृद्धले पेट्रोल छर्किएर आफैंलाई आगो लगाएका छन् ।
प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका-७ का गोविन्दप्रसाद नेपालले आज (बिहीबार) बिहान साढे १० बजेतिर पेट्रोल छर्किएर शरीरमा आगो लगाएका हुन्।
ग्यालेनमा पेट्रोल लिएर आएको उनले विराटनगर महानगरपालिका-४ तित्रिगाछीमा पुगेपछि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए।
स्थानीयले आगो निभाएर वृद्धलाई नोबेल शिक्षण अस्पताल पुर्याएका थिए। अवस्था गम्भीर रहेका उनको थप उपचारका लागि विराटनगर-२ को रेडक्रस अस्पताल एन्ड ट्रमा सेन्टरमा लगिएको छ।
शरीरको अधिकांश भाग जलेको र बोल्न नसक्ने अवस्थाका उनको साथमा रहेको झोलाबाट नागरिकता फेला परेकाले त्यसैबाट उनको पहिचान भए पनि घटनाको कारण भने खुलेको छैन।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १६:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय