मौसम
काठमाडौंमा आज पनि पानी पर्ने सम्भावना
काठमाडौं, वैशाख १७। आज आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको महाशाखाले उल्लेख गरेको छ । हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ । भोलि पनि केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ । प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जनरचट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय