Kath Khabar
देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना

 

                    काठमाडौं, वैशाख १८ । आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको  छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशै भरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका एक-दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण सोमबार बिहान देशभरको मौसम सफा छैन । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update