Kath Khabar
महालक्ष्मी नगर उद्योग वाणिज्य संघद्वारा वृहत रक्तदान कार्यक्रमको आयोजना

ललितपुर, जेठ ३० । ललितपुर जिल्ला स्थित महालक्ष्मी नगर उद्योग वाणिज्य संघले वृहत रक्तदान कार्यक्रमको आयोजना गरी आफ्नो सामाजिक उत्तरदायित्वमा फेरी एउटा ईँटा थप गरेको छ । संघ र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा ५४ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको उक्त संघका अध्यक्ष नवीन्द्र देव सिंले जानकारी दिनुभयो ।

कोरोना महामारीको बेला बिरामीको उपचारमा रगत अभाव नहोस भन्ने हेतुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरिएको पनि वहाँले स्पष्ट पार्नुभयो । साथै उहाँले उद्योगी व्यवसायीहरुले कोरोना महामारी रोकथाम र उपचारमा सहयोग गर्दै आएको स्मरण गर्दै सरोकारवाला सम्पूर्णमा स्वास्थ्य मापदण्ड अपनाई सुरक्षित रहन पनि अनुरोध गर्नुभयो ।  

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update