Kath Khabar
काठमाडौं म्यारियट होटेलद्धारा चक्र स्मृति पाठशालाका विद्यार्थीहरुलाई राहत प्रदान

काठमाडौं, जेठ ३० । विश्वभर नै महामारीको लहर फैलिँदै गर्दा यहाँ धेरैले संघर्ष गरिरहेका छन् र सहयोगी हातहरुको खाँचो परिरहेको छ । काठमाडौँ म्यारियट होटलले कतार हर रोयल हाइनेस शेख आश्मा अल थानी र किवानीस इन्टरनेशनल नेपालको संयुक्त सहयोगमा सि.एम. पाठशालाका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री र सरसफाईका सामानहरु वितरण गरेको छ ।

सि.एम. पाठशाला, गोकर्णेश्वर जोरपाटीमा अवस्थित एक सानो गैर-नाफामुखी संस्था हो जसले मजदुरहरुको बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले हाल ५५ बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ ।

म्यारियट इन्टरनेशनलले विभिन्न ३६० कार्यक्रमहरु म्यारियटकोे मार्गनिर्देशनको पालना गर्दै कामहरु गरिरहेको छ । म्यारियटको २०२५ सस्टेनेबिलिटी एण्ड सोसियल इम्प्याक्ट गोल्सको दायरामा रहेर काठमाडौँ म्यारियट हाम्रो समुदायमा सकारात्मक र दिगो प्रभावको सिर्जना गर्न प्रतिबद्ध रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update