Kath Khabar
रवि लामिछानेका चालक शम्भु थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

 

                     काठमाडौं, वैशाख २० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको पशुपति आर्यघाटमा आज बुधबार अन्त्येष्टि गरिएको छ ।

गत वैशाख ४ गते लामिछानेको चितवनस्थित घरबाट खसेर घाइते भएका चालक थापाको उपचारका क्रममा मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको हो । उनको अन्त्येष्टिमा सभापति लामिछानेसहित रास्वपाका नेता तथा कार्यकर्ता, शुभेच्छुक पशुपतिस्थित आर्यघाट पुगेर थापाप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

चितवनको भरतपुरमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय थापा वैशाख ४ गते बिहान ४ बजे चितवनमा घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update