
काठमाडौं, वैशाख २१ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी राजमार्गबाट बैशाख २१ गते सशस्त्र प्रहरीले २ सय २७ किलो ४ सय ग्राम गाजाँसहित २ जना व्यक्ति र ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले धनकुटाबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकमा ८ वटा पोकामा लैजाँदै गरेको उल्लेखित परिमाणको गाजाँसहित गाडी चालक धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका ६ बस्ने ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ बस्ने २८ बर्षिया चुडामणि कटुवाललाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट ६० हजार नेपाली रुपैयाँ, ४ वटा मोबाइल सेट, बाटोको इजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र समेत बरामद भएको छ । नियन्त्रणमा लिइएका उनीहरूलाई ट्रक, गाजा र बरामद सामाग्रीसहित आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।