बाँकेमा पानी तताउने मेशिन पड्किँदा एक जनाको मृत्यु

बाँके, जेठ ३०। कोहलपुर नगरपालिका–१४ स्थित गणपती प्लाईबोर्ड कम्पनीमा पानी तताउने मेशिन पड्किँदा सोही कम्पनीमा काम गर्ने बर्दिया नगरपालिका–९ बस्ने ३५ वर्षीय खुशिराम थारुको आइतबार बिहान मृत्यु भएको छ ।
मेशिन पट्किँदा उक्त कम्पनीको करिब ७० लाख रुपैयाँ बराबरको धनमाल समेत क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८ १३:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय