Kath khabar
आल्मुनियम फोयलमा खाना प्याक गर्नु सहि कि गलत ?


                  काठमाडौं, वैशाख २४ । मानिसहरू खाना प्याक गर्न आल्मुनियम फोयल प्रयोग गर्छन् । केटाकेटीको टिफिन होस् वा अफिस जानेहरू, धेरैजसो मानिसहरूको खाना यसैमा बेर्नु सामान्य भएको छ ।

खानेकुरा ताजा र तातो राख्न आल्मुनियम फोयलको प्रयोग धेरै भइरहेको छ । बालबालिकाको टिफिन बक्स होस् वा अफिस लैजानुपर्ने खाना होस्, धेरैजसो मानिसले आल्मुनियम फोयल प्रयोग गर्ने गर्छन् । यसमा खाना तातो र ताजा रहन्छ । तर, के तपाईलाई थाहा छ कि धेरै आल्मुनियम फोयल प्रयोग गर्नु तपाईको स्वास्थ्यको लागि खतरनाक हुन सक्छ ।

आल्मुनियम फोयलमा खाना बेर्दा बेफाइदाहरू
१) हामीले कुनै पनि खाना आल्मुनियमको भाँडामा पकाउँदा जति बेफाइदाहरू हुन्छन् त्यति नै बेफाइदा आल्मुनियम फोयलमा खाना बेर्दा हुन्छ । अध्ययनका अनुसार आल्मुनियम फोयलमा खाना बेर्दा खानामा एल्युमिनियमको मात्रा मिसिन्छ, जसले गर्दा बालबालिकाको स्वास्थ्य र हड्डीलाई क्षति पुग्न सक्छ । आज हाम्रो वातावरण बिग्रदो अवस्थामा छ ।  ब्याक्टेरिया, भाइरस, प्रदूषण आदि धेरै छ त्यसैले सही र स्वस्थ चीज छनोट गर्न आवश्यक छ ।

२) तपाईले हरेक दिन चीजहरू आल्मुनियम फोयलमा बेर्नु हुन्छ, यदि तपाइँ यसलाई प्रयोग गर्नुहुन्छ भने अल्जाइमर रोग लाग्ने सम्भावना पनि धेरै हदसम्म बढ्छ । अल्जाइम एक प्रकारको बिर्सने वा भुल्ने रोग हो जुन दिमागसित सम्बन्धित हुन्छ । अल्जाइमरको समस्या भएका मानिसहरूमा स्मरणशक्ति घट्ने र मस्तिष्कको कार्य क्षमतामा कमी आउँछ। अत्याधिक आहारमा आल्मुनियमको प्रयोगले अल्जाइमर जस्ता मस्तिष्क रोगहरू निम्त्याउन सक्छ।

३) खानालाई आल्मुनियम फोयलमा दुई घण्टाभन्दा बढी बेरेर राखेमा यसमा राखिएको खानामा आल्मुनियम बिस्तारै मिसिन्छ, जसले शरीरमा जिंकलाई प्रतिस्थापन गर्छ। जिंक प्रतिस्थापनको कारण, शरीरमा इन्सुलिनको सन्तुलनमा गडबड हुन सक्छ। यसले मधुमेह हुने सम्भावना बढाउँछ।

४) यदि तपाईंले हरेक दिन खानालाई आल्मुनियम फोयलमा प्याक गरी घन्टौं पछि खानुहुन्छ भने यसले तपाईंको रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर बनाउन सक्छ, जसका कारण तपाईंको शरीरको रोग र संक्रमणसँग लड्ने शक्ति पनि कम हुन सक्छ। यस्तो अवस्थामा तपाई बारम्बार बिरामी पर्न सक्नुहुन्छ।

खाना बेर्दा तपाईले आल्मुनियम फोयलको सट्टा बटर फोयल, सफा कपडा, बेकिंग फोयल प्रयोग गर्न सक्नुहुन्छ । यी सबै चीजहरू बजारमा उपलब्ध हुन्छन् ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update