कांग्रेस नेता पुरुषोत्तम बस्नेतको निधन
काठमाडौं, वैशाख २९ । नेपाली कांग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको हो।
विसं २००२ मंसिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटक-पटक गरी ९ वर्ष जेल जीवन बिताएका थिए।
विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रिय सदस्य रहेका बस्नेत हाल विपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए।
उनको पार्थिव शरिर आज दिउँसो श्रद्धाञ्जलिका लागि पशुपति क्षेत्रमा राखिने र त्यसपछि अत्येष्टि गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले बताए।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० ११:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय