Kath Khabar
यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

 

            खोटाङ, वैशाख २९ । बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन् । यौन दुर्व्यवहार कसुरमा खोटाङको शुभम् फाउन्डेसनका सन्चालक राई पक्राउ परेका हुन् ।

शुभम् फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनलाई गरेको हो ।

उनले सञ्चालित फाउन्डेसनमा राखेका बालबालिकालाई यौन दुर्व्यवहार गरेको भिडियोसहितको समाचार बिहिबार सार्वजनिक भएको थियो ।

राइले पढाउनका लागि राखिएका बालबालिकाको गोप्य अंग छुने, शारीरिक सम्पर्कका लागि उक्साउने, विद्यार्थीका अगाडि नग्न तथा आपत्तिजनक क्रियाकलाप गर्ने गरेको खुलासा भएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update