Kath Khabar
सेनाद्वारा धौलागिरी हिमपातमा परी बेपत्ता व्यक्तिको शव काठमाडौं ल्याइयो



                  काठमाडौं, वैशाख ३१ । नेपाली सेनाले धौलागिरी हिमपातमा परी बेपत्ता व्यक्तिको शव काठमाडौं ल्याएको जानकारी दिएको छ ।

२०७९ आश्विन २० गते धौलागिरी हिमालमा भएको भारी हिमपातमा परि हराई रहेका माउन्टेन गाईड राम बहादुर तामाङको शव २०८० बैशाख ३० गते बेसक्याम्पबाट नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौं ल्याईएको हो ।

मृतक तामाङ्ग २०७९ आश्विन ०५ गते  धौलागिरी हिमाल आरोहणको लागि कोरियाली नागरिकको टोली लिएर जाने क्रममा आश्विन २० गते भएको भारी हिमपातका कारण बेपत्ता भएका  थिए । त्यसबेला देखि नै निजको उद्धारका लागि विभिन्न प्रयासहरु गरिंदै आइएकोमा प्रतिकुल मौसमका कारण कठिनाइ भैरहेको थियो । पछिल्लोपटक नेपाली सेनाको सहयोगमा शेर्पा आरोहीहरू सम्मिलित टोलीले २०८० बैशाख २८ र २९ गते खोज्ने क्रममा करिब ५ हजार मिटरको उचाइमा रहेको निजको शवलाई बेसक्याम्पसम्म ल्याइएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update