छ करोड रुपैयाँ भन्दा बढिको जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा
काठमाडौं, वैशाख ३१ । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपलिका १५ स्थित पूर्वपश्चिम लोकमार्गबाट वैशाख २९ गते विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
अमेरिकी डलर चार लाख ८८ हजार एक सय ७३ रुपैयाँ ६३ पैसा (छ करोड ४२ लाख २९ हजार चार रुपैयाँ ५० पैसा) मूल्य लेखिएको प्रज्ञापनपत्र सहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको बिल बिजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० १२:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय