वृक्षारोपण कार्यक्रम सम्पन्न

ललितपुर, जेठ ३१ । महालक्ष्मी नगरपालिका वडा नं. ४ सितापाखामा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नमस्ते सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. महालक्ष्मी-१ को आर्थिक सौजन्यमा गरिएको उक्त कार्यक्रममा सोहि स्थानका स्थानिय बासिन्दाहरुको पनि उपस्थिति रहेको थियो ।
विभिन्न सामाजिक क्रियाकलापमा अग्रस्थानमा रहि सहभागिता जनाउँदै आएको उक्त संस्थाका अध्यक्ष श्री रामकेशर बिष्टका अनुसार करीब ४००मि. सडक किनारामा ४० बोट धूपिका बिरुवा रोपी उक्त स्थानको नाम पनि सितापाखा धूपि मार्ग सर्वसम्मतिमा कायम गरिएको छ ।
हरियाली प्रवद्र्धन र सामाजिक उत्तरदायित्व अन्तर्गत सोे कार्य गरिएको र आगामी दिनहरुमा पनि यस्ता कार्यमा आफू लागिरहने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८ १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय