निगुरोको टिप्न गएका दम्पतिको नारायणी नदीमा डुबेर मृत्यु

काठमाडौं, जेठ १ । नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरोको टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो ।
जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृतावस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० १०:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय