Kath Khabar
बाढीले लेदोमा पुरिएका गाडी निकालिंदै, अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा

 

                   काठमाडौं, जेठ १ । आइतबार रातिको वर्षाका कारण काभ्रेको रोशीस्थित बीपी राजमार्ग खण्डको खहरे खोलामा लेदोसहितको बाढी आउँदा ४ वटा गाडी पुरिएका छन् ।

रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबाजी बिचको खहरेखोलामा लेदो माटोले दुई वटा माइक्रो बस र दुई वटा पिकअप भ्यान पुरिनुका साथै राजमार्ग अवरुद्ध भएको थियो । गाडी अहिले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

अवरुद्ध राजमार्ग भने अहिले सञ्चालनमा आएको छ । गाडीभित्र रहेका यात्रु र चालक बाहिर निस्किन सफल भएकाले मानवीय क्षति भने हुन पाएन । चिउरीबासमा सडकसँगै रहेका क्षेत्रबहादुर लामाको दुईवटा घरमा नोक्सानी पुर्याएको र त्यस ठाउँमा स्थानीयका केही पशु चौपाया पनि पुरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update