Kath Khabar
अझै केही दिन वर्षा हुने, सोमबारदेखि मौसममा क्रमिक सुधार

 

                काठमाडौं, जेठ ५ ।  हाल  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया  सफा रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुसँगै पूर्वी वायुको पनि चहलपहल बढेकाले अझै केही दिन वर्षाको क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबारदेखि भने हल्का सुधार हुने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेशको थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update