Kath khabar
पदबहाली गरेको एक वर्षको अवसरमा सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन बालेनको आग्रह


               काठमाडौं, जेठ १२ ।  काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र शाहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन्।

महानगरपालिकाले पदभार ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा मेयर बलेन्द्र शाहलगायत जनप्रतिनिधिले विशेष सरसफाइ कार्यक्रम आयोजना गर्दैछन् । नेपालमा नयाँ संविधान बनेको दोस्रो पटक स्थानीय तहको निर्वाचन भएको झण्डै एक वर्ष पुगेको छ ।

सो अवसरमा मेयर शाहले ३२ वडाका सबै जनप्रतिनिधिलाई आ–आफ्नो क्षेत्रमा साझेदार संस्थाले आयोजना गर्ने सरसफाई अभियानमा समन्वय गर्न आग्रह गरेका छन् । आगामी शनिबार बिहान ७ बजेदेखि तीन घण्टा विशेष सरसफाइ अभियान सञ्चालन गरिने छ ।

सम्बन्धित वडाहरूले सरसफाई सामग्री उपलब्ध गराउनेछन्। सरसफाइबाट संकलन हुने फोहोर निजी क्षेत्रको सहयोगमा व्यवस्थापन गरिने महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update