Kath khabar
‘मिस नेपाल २०२३’ को उपाधि श्रीच्छा प्रधानलाई

 

                  काठमाडौं, जेठ १४ । ‘मिस नेपाल २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन्  । शनिबार साँझ सम्पन्न प्रतियोगितामा मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी हुन् ।

ललितपुरको गोदावरीस्थित सनराइज कन्फरेन्स हलमा भएको ग्राण्ड फिनालेमा प्रधानले फाइनलमा पुगेका २४ प्रतियोगीलाई पराजित गर्दै उपाधि जितेकी हुन् । उनलाई गत वर्षको मिस नेपालको उपाधि प्रियंकरानी जोशीले मिस नेपालको ताज पहिराइदिइन् ।

ग्राण्ड फिनालेमा प्रसिद्दी शाहले “मिस नेपाल इन्टरनेशनल” को उपाधि जिते भने रैना मजगाईं “मिस नेपाल अर्थ” को उपाधि जिते । यसका साथै १२ सह-विभागका विजेताको पनि घोषणा गरिएको छ ।

काठमाडौंका स्थायी निवासी मिस नेपाल उपाधि विजेता प्रधान पर्यावरण विज्ञानमा स्नातक तहमा अध्ययनरत छिन्। उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update