बुढानिलकण्ठको जानकी सिलाई उद्योगमा भिषण आगलागी
कपडा सहित एक करोड ५० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं, असार १ । काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी घर भएका ४३ वर्षीय चन्द्र कटुवालको जानकी सिलाई उद्योगमा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा उद्योग रहेको टहरो, ३० थान कपडा सिलाउने मेशिन, एक थान जेनेरेटर, तीन थान ग्याँस सिलिन्डर र स्टक कपडा समेत जलेर करिब एक करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८ १२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय