Kath khabar
गुल्मीमा बुबाले काटिदिए आफ्नै छोराको नाक

 

                बुटवल, जेठ १४ । गुल्मीमा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन् । जिल्लाको इस्मा गाउँपालिका–३ तोरी पाटाका ५६ वर्षीय दिलबहादुर सार्कीले घरायसी विवादमा हँसिया प्रहार गरेर ३२ वर्षीय छोरा बाबुराम सार्कीको नाक काटिदिएका हुन् ।

बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए । उनका अनुसार हँसिया प्रहारबाट गम्भीर घाइते भएका बाबुरामको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update