Kath khabar
काठमाडौं उपत्यकामा १२ महिना मेलम्चीको पानी



                         काठमाडौं, जेठ १५ । सरकारले काठमाडौंमा उपत्यकामा १२ महिना मेलम्चीको पानी ल्याउने योजना पनि अघि सारेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०–०८१ को लागि बजेट सार्वजनिक गरेको छ ।

यसैगरी सरकारले आगामी बजेट मार्फत काठमाडौंको गोठाटारमा एक सय ६५ वेड क्षमताको वृद्धाश्रम र ४५ वेडको अस्पताल निर्माण गर्न बजेट व्यवस्था गरेको छु । मार्सल आर्ट खेललाई समुदायस्तरसम्म विकास गर्ने, त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम सक्ने, मूलपानी मैदानको निर्माण पनि आगामी वर्षमा निर्माण सक्ने योजना पनि सरकारले अघि सारेको छ । सरकारले आगामी बजेट मार्फत युवालाई व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा योजना अघि सार्दै खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले धरान र भरतपुरमा एकीकृत खानेपानी र ढलको कार्यक्रम सुरु गर्ने भन्दै काठमाडौंमा १२ महिना मेलम्चीको पानी ल्याउने योजना पनि अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि भने सरकारले आगामी आर्थिक वर्षको लागि ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ । सबै संघीय अस्पतालमा एक चिकित्सक स्वास्थ्यकर्मी एक अस्पताल कार्यक्रम सञ्चालन गर्दे सबै संघीय अस्पतालमा मानसिक रोगका लागि अन्तरंग सेवा विस्तार गर्ने तयारी पनि सरकारले गरेको छ ।

यसैगरी सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गर्दे स्थानीय तहमा निर्माण भइरहेका अस्पतालका लागि आठ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ । निशुल्क औषधिका लागि भने सरकारले एक अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ ।  विद्यालयका छात्रालाई स्यानिटरी प्याड वितरणका लागि पनि सरकारले एक अर्ब ४२ करोड रुपैंयाँ बिनियोजन गरेको छ ।  

 

 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update