असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, जबरजस्ती खनेको पाइएमा कारबाही

काठमाडौं, जेठ २५ । सरकारले आगामी तीन महिना सडक खन्न रोक लगाएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आउँदो असार एक गतेदेखि भदौ मसान्त सम्म बर्षायामभरी सडक खन्न रोक लगाएको हो।
बर्षायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि बिग्रिँदै जाने भएकोले सडक खन्न स्वीकृति नदिने र जबरजस्ती खनेमा कारबाही गर्ने सडक विभागले सूचना जारी गर्दै चेतावनी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय