Kath Khabar
नागरिक केयर सेन्टरलाई माछापुच्छ्रे बैंकद्वारा तीन लाख रकम सहयोग

काठमाडौं, असार २ । नागरिक केयर सेन्टरले माछापुच्छ्रे बैंकद्वारा तीन लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार, बैंकले नागरिक केयर सेन्टर, विराटनगरलाई तीन लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराएको हो ।

कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको जानकारी माछापुच्छ्रे बैंक, विराटनगर शाखाका प्रबन्धक चन्दन पोख्रेल र प्रतिनिधि रुपेश थापाले दिदैं सो राशी बराबरको चेक नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडालाई हस्तान्तरण गरेको बैैंकले जनाएको छ ।  

 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update