फलामको गेटमा च्यापिएर ६ वर्षीया बालिकाको मृत्यु

पर्सा, असार २ । धोबिनी गाउँपालिका-३ गुलरिया बस्ने साहेब पटेलकी छोरी ६ वर्षीया मिरा कुमारी पटेलको आफ्नै घरको कम्पाउण्डमा रहेको फलामको गेटमा च्यापिएर मंगलबार साँझ मृत्यु भएको छ ।
गेट नजिकै खेलिरहेको अवस्थामा हावाहुरीको कारण गेट लडेर मिरा च्यापिदा गम्भीर घाइते भएकोमा उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८ १४:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय