Kath Khabar
यस वर्षको मनसुन नेपाल भित्रियो

 

                     काठमाडौं, जेठ ३१ । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मौसमी विशेष बुलेटिन प्रकाशित गर्दै मनसुन नेपाल भित्रिएको जनाएको हो ।

यस वर्षको मनसुन प्रणाली आजदेखि नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा आगमन भएको महाशाखाको बुलेटिनमा भनिएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो तर यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको तथा नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने बुलेटिनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update