
काठमाडौं, असार ८ । अभिनेत्री प्रियंका कार्की तथा नायक आयुष्मान देशराज जोशीकी आमा रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन्।
रवीनाले प्रेमी स्टुअर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन्। काठमाडौंको एक रिसोर्टमा बिहीबार उनीहरुको विवाह सम्पन्न भएको हो । रवीनाले गत वर्षको फागुन महिनामा प्रणय दिवसको अवसरमा प्रेमी स्टुआर्ट अलेक्जेन्डरसँग इन्गेजमेन्ट गरेकी थिइन्।
रवीनाले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको मेहेन्दी समारोहको फोटोहरु इन्स्टाग्राममा सेयर गरेकी थिइन् । उनले आफुसँगै प्रेमी स्टुअर्टसहित आफ्ना परिवारसँगको फोटोहरु सार्वजनिक गर्दै जीवनको नयाँ यात्रा सुरू गरेको बताएकी छन्।
पूर्व बैंकर रविना मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत रहेकी रविनाले केही समय अगाडि मेगा बैंकबाट राजीनामा दिएकी थिइन् । स्टुअर्ट अलेक्जेन्डर बेलायती नागरिक हुन् ।