Kath Khabar
दाङको तुलसीपुरमा सर्पले डस्दा १३ बर्षीया बालिकाको मृत्यु

 

             तुलसीपुर, असार १० । दाङको तुलसीपुरमा सर्पले डस्दा एक जना १३ बर्षीया बालिकाको मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका-१२ हरिपौरीकी १३ वर्षीया दिक्षा वलीको सर्पले डस्दा मंगलबार बिहान ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

वलीलाई घरमा दिउँसो सुतिरहेको समयमा सर्पले डसेको भए पनि राति ९ बजे मात्रै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update