अदालतको अवहेलना गरेको आरोपमा मेयर बालेनविरुद्ध उजुरी दर्ता

काठमाडौं, असार १० । अदालतको अवहेलना गरेको आरोपमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह 'बालेन' विरुद्ध सर्वोच्च अदालतमा उजुरी दर्ता भएको छ । उक्त मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदैछ ।
हिन्दी फिल्म नरोक्न उच्च अदालत पाटनले महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि मेयर बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए । यसपछि शुक्रबार सर्वोच्चमा अधिवक्ता झाले बालेनविरुद्द अदालतको अवहेलनाको निवेदन दर्ता गराएकी थिइन् ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० १३:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय