Kath Khabar
श्री एअरलाइन्सका आजका सबै उडान स्थगित

 

                काठमाडौं, असार १७ । श्री एअरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । विभिन्न जहाजमा पटक पटक प्राविधिक समस्या देखिएपछि श्री एअरलाइन्सले आजका सबै उडान बन्द गरेको प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका छन् ।

हिजो पनि काठमाण्डौबाट धनगढी उडेको जहाज अवतरण नगरी पुनः काठमाण्डौ नै फर्किएको थियो । धनगढी पुग्नै लाग्दा समस्या आएको थाहा पाएपछि फेरि काठमाडौं नै फर्काइएको थियो ।

‘आज सबै जहाजलाई ग्राउन्डेड गरेर राम्रोसँग जाँच गर्छौ, भोलिदेखि नियमित उडान शुरु हुन्छ, आजको लागि टिकट काटेका यात्रुलाई अरु जहाजमा पठाउने र पैसा फिर्ता गर्ने पनि उनले जानकारी दिएका छन् ।’ श्री एअरलाइन्ससँग अहिले ८ वटा जहाज रहेका छन् ।

 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update