Kath Khabar
नासु कुटेको विरोधमा देशभरिका अदालतमा कर्मचारीले रोके काम

 

                ललितपुर, असार १७ । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेका छन्।

आइतबार त्यस घटनाको विरोध स्वरूप कर्मचारीहरूको चारवटा संगठनले सबै अदालतमा काम रोकेको सर्वोच्च अदालतका शाखा अधिकृत कृष्णप्रसाद घिमिरेले जानकारी दिए। कर्मचारीहरूले विरोधस्वरूप बिहान १० बजेदेखि साढे १ बजेसम्म काम नगर्ने जनाएको हो।

गत बुधबार जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं-१४ का ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका थिए।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update