Kath Khabar
रास्वपाद्वारा उद्दार तथा राहत कार्यमा खटिन द्रुत टोली गठन
Photo : RSP

 

               काठमाडौं, असार १८ । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्दार तथा राहत कार्यमा खटिने गरी द्रुत कार्यटोली (र्‍यापिड एक्सन टिम, आरएटी) गठन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आरएटी संयोजन विभागको मातहतमा रहने गरी केन्द्रीय आरएटी को रूपमा आरएटी-नेपाल गठन गरिएको हो।

सामाजिक कार्यमा खट्नका उद्देश्यले लागि गठन गरिएको समिति प्रदीप तिमिल्सिना (साजन शर्मा)को नेतृत्वमा बनाइएको छ । उक्त समिति केन्द्रीय आरएटी विभागको मातहतमा हुने रास्वपाले जनाएको छ । केन्द्रीय समिति १२ जनाको बनाइएको छ । उक्त संख्या बढाएर ३३ जनासम्म पुर्‍याउन सकिने रास्वपाले जनाएको छ ।

आरएटी संरचना वडादेखि केन्द्रसम्म हुने रास्वपाले जनाएको छ । आरएटी गठन गर्दा मातहतका संरचनाले केन्द्रीय विभागको अनिवार्य अनुमति लिनुपर्नेछ । उक्त विभागको प्रमुखमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ (विष्णु पुरूष) छन् ।

केन्द्रीय आरएटी
संयोजक : प्रदिप तिमल्सिना (साजन शर्मा)
उ –संयोजक :  प्रेम थापा
सचिव : फणिन्द्र पौडेल
कोषाध्यक्ष : कृष्णबहादुर थापा

सदस्यहरूमा चिरञ्जिवी तिमल्सिना, राम कृष्ण श्रेष्ठ, महमद हुसेन खान (मुन्ना), रवि भुजेल, शेरबहादुर सिंह, सुरज खड्का, मिलनचन्द्र महत, दिपा केसी बास्तोला छन्।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update