Kath Khabar
नेपालगञ्जको कारागारमा मृत भेटिए एक कैदी

 

                  बाँके, असार २१। बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत भेटिएका छन् ।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिनुभयो । मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको तथा यसबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update