Kath Khabar
अभिनेत्री आँचल शर्माले दिइन् दुई फेसबुक पेजविरुद्ध साइबर ब्यूरोमा उजुरी

 

               काठमाडौं, असार २४ । नायिका आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने गरी सामग्री पोस्ट गरेको भन्दै दुई फेसबुक पेज विरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।

आँचलले गलत समाचार पोस्ट गरेको भन्दै दुई फेसबुक पेज ‘एन ईबी रिजल्ट एण्ड अपडेट’ (NEB Result and Update) र ‘रुटिन अफ रन्डी रोना’ (Routine Of Randi Rona) विरुद्ध शनिबार बेलुका प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।

नायिका आँचलले केहि दिन अघि एक अन्तर्वार्तामा  ‘दयाहाङ राईलाई ‘त्यस्ले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भनेर बोलेको भन्दै यी दुई फेसबुक पेजले भ्रामक सामग्री पोस्ट गरेको विषयमा उनले उजुरी दिएकी हुन् ।

आँचलको निवेदनमा आफ्नो अनुमतिविना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानुन बमोजिम कारबाही गरी पाउँ भनी लेखिएको छ। निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडिओ, अडियो, तस्वीर, अक्षर स्क्रिनशट पनि आँचलले पेश गरेकी छन् ।

 

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update