Kath Khabar
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम लिइएको अडियो सन्देश शर्माको भएको पुष्टि

 

               काठमाडौं, असार २४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ तथा सांसद आरजु राणालाई पैसा बुझाएको भनिएको अडियो अभियुक्त सन्देश शर्माको भएको पुष्टि भएको छ ।

परीक्षणका क्रममा आरजु राणाको नाम लिइएको अडियो सो प्रकरणका अभियुक्त सन्देश शर्माको आवाजसँग  मिलेको प्रहरीले जनाएको छ । राणाले उक्त अडिओ 'फेक' भएको दाबी गर्दै प्रहरी प्रधान कार्यालय साईबर व्युरोमा निवेदन दिएकी थिईन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हाल अनुसन्धानका क्रममा थुनामा रहेका दाङका सन्देश शर्माले आरजु राणाको नाम समेत जोडेर बोलेको अडियो भाइरल भएको थियो । उक्त अडियोमा नक्कली शरणार्थी प्रकरणमा उठाइएको पैसा आरजु राणालाई पनि दिइएको उल्लेख गरिएको थियो तर आरजुले भने त्यसको इन्कार गर्दै आएकी थिइन् ।

प्रहरीले सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार गरेको जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update