विराटनगर, असार २६ । विराटनगरमा साइकल चालकमाथि मुक्का प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
यहि असार २० गते बुधबार राति ८ बजे विराटनगर महानगरपालिका-४ स्थित दूधफारम चोकनजिक विराटनगर–६ बस्ने २७ वर्षीय पवन साहलाई कुटपिट गरेको आरोपमा प्रहरीले विराटनगर-४ का आयुष भेटवाललाई पक्राउ गरेको हो ।
कामबाट फर्किरहेका पवनलाई गलत साइडबाट आएको भन्दै कारबाट निस्केर आयुषले दौडदै गएर मुक्का हानेका थिए ।त्यसपछि बेहोश भएका पवनलाई आयुषले अमानविय तरिकाले घिसार्दै सडक किनारातिर तानेको सिसिटिभी फुटेज सामाजिक सञ्जालान भाइरल बनेको छ । पवनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जानकारीमा आएको छ ।
अमानवीय तरिकाले कुटपिट गरेको आरोपमा भेटवाल विरुद्ध जिल्ला प्रहरी कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । घटनामा संलग्न थप दुई जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।