Kath Khabar
प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको निधन
File photo

 

                काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ।

उनको थापाथलीस्थित नर्भिक अस्पतालमा आज बिहान ८ः३३ बजे निधन भएको नर्भिक अस्पताल थापाथली स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्रीपत्नी दाहालको अक्सिजनको मात्रा घटेपछि उनलाई बुधबार बिहान अस्पताल लगिएको थियो। उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको हो। दाहाल पार्किन्सनजस्तो एक प्रकारको जटिल रोगबाट लामो समयदेखि ग्रसित थिइन्।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update