Kath Khabar
सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने, पशुपतिमा आजै अन्त्येष्टि

 

                 काठमाडौं, असार २७ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ ।

श्रद्धाञ्जलीका लागि दाहालको पार्थिव शरिर बिहान ११ बजेदेखि १ बजेसम्म कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र दिउँसो दुई बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले जानकारी दिए।

६९ वर्षीय सीता दाहालको बुधबार बिहान हृदयघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो । सिता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ बाट लामो समयदेखि पिडीत थिइन् ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको खबरपछि नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता, सुरक्षा निकायका प्रमुख तथा शुभचिन्तकहरुको भिड लागेको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update