Kath Khabar
इक्यानमा सुरु भयो, चुनावी माहौल



                 काठमाडौं, असार २७ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चुनावी माहौल सुरु भएको छ । यही असार ३० गते काठमाडौंमा हुने इक्यानको चुनावमा चार जनाले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षका चार जना प्रत्यासी मध्ये इक्यानका पुर्व अध्यक्ष समेत भइसकेका विष्णुहरि पाण्डे समुहको आधिकारिकरूपमा प्यानल घोषणा भने आज बुधबार हुने भएको छ । पाण्डे समुहले आज साँझ ६ः३० बजे काठमाडौंको होटल म्यारियटमा आधिकारिक रुपमा प्यानल घोषणा गर्ने तयारी गरेको जानकारी दिएको छ ।

पाण्डे समुहका महासचिव पदका उम्मेदवार बासुदेव दाहालका अनुसार यो प्यानलमा उपाध्यक्ष पदका लागि लक्ष्मण पौडेल एन्ड्रिउ), भुवन क्षेत्री र प्रकाश श्रेष्ठ, महासचिव पदका लागि बाशुदेव दाहाल, सचिव पदका लागि फिलिप कुमार डाँगी क्षेत्री र शिव प्रसाद त्रिपाठी, कोषाध्यक्ष पदका लागि बिनोद कुमार सुवेदीले उम्मेदवारी दिएका छन् । यसैगरी कार्य समिति सदस्यहरुमा भने सतेन्द्र झा, शशिप्रसाद भट्टराई, आशिष रायमाझी, श्रीराम गिरी, सन्तकुमार कट्टेल, शिव प्रसाद अर्याल, साधना पुडासैनी, सुरज सिलवाल र मञ्जित ढकालले उम्मेदवारी दिएका छन् ।

इक्यानको बिधानमा नैं दुई कार्यकालसम्म अध्यक्ष बन्न पाउने व्यवस्था रहेको छ । विधानमा उल्लेखित सोही व्यवस्था अनुसार मैले दोस्रो कार्यकालको लागि अध्यक्ष पदको लागि उम्मेदवारी दिएको हो, पाण्डे भन्छन् । ‘मेरो उम्मेदवारी, मेरो जिम्मेवारी’, ‘भोट फर चेन्ज, भोट फर विष्णुहरि पाण्डे टिम, भोट फर प्रोफेसनल’ भन्ने हाम्रो चुनावी नारा हो । चुनाव अघि पनि चुनाव पछि पनि यही चुनावी नारामा केन्द्रित रहेर हामी काम गछौं, अध्यक्षका प्रत्यासी पाण्डले भने ।

आफु समग्र शैक्षिक परामर्श क्षेत्रको लागि नयाँ उचाई र नयाँ गरिमा कायम गर्नको लागि चुनावी मैदानमा होमिएको भन्दै उनले ‘अर्को प्यानलले, उम्मेदवारी घोषणा गर्ला र हामी गरौँला भनेर नबस्ने बताए । ‘हामी एफेन्सिभ भएर अगाडि बढ्ने हो । डिफेन्सिभ हुन पाण्डेलाई आउँदैन । त्यही भएर घोषणा गरेरै जाने निर्णय गरेका हौं ।’ पाण्डेले भने ।

पाण्डे समुहबाट महासचिव पदका उम्मेदवार बासुदेव दाहालले अवसरको सिर्जना गर्ने कार्य इक्यान कार्य समितिको रहेको भन्दै सिर्जित अवसरहरुको समानुपातिक वितरण नैं आफ्नो सबैभन्दा ठुलो मुद्दा रहेको बताए । यही मुद्रालाई जीवन्त बनाउँदै सवल इक्यान, सफल इक्यान बनाउनको लागि चुनावी मैदानमा होमिएको हुँ, उनले भने । यो अभियानमा पाण्डे समुहलाई सबै व्यवसायीहरूको साथ र सहयोग रहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update